हिमालयन बैंक मर्जरमा जान तयार, राष्ट्र बैंकमा प्रतिबद्धता पठायो
काठमाडौं । हिमालयन बैंकले मर्जरमा जानको लागि आफ्नो प्रतिबद्धता पठाएको छ । बैंकले उपयुक्त संस्था पाएमा मर्जर तथा एक्विजेशन गर्ने गरेर प्रस्ताव राष्ट्र बैंकमा पठाएके छ ।
हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर छ । हालै मात्र हबिब बैंक हिमालयनको सेयर बेचेर बाहिरिने बेलायतको कमवेल्थ डेभलपमेन्ट कर्पोरेशन भित्रने तयारी गरेको छ ।
बैंकमा कर्मचारी संचय कोषको समेत लगानी छ । यसबाहेक मनोजबहादुर श्रेष्ठ तथा नेपालका पहिलो गभर्नर हिमालयन शमशेर राणाको समेत बैंकमा लगानी छ ।
हिमालयन बैंकले मर्जर प्रतिबद्धता पठाउदै उपयुक्त संस्था पाएमा मर्जर गर्ने जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हिमालयन शमशेर राणाको छोरीज्वाई हुन् । केही समय अगाडि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरको बजार हल्ला चलेको थियो ।
तर, इन्भेष्टमेन्ट बैैंकका अध्यक्ष पाँडेले बैंकको साधारणसभामा सेयर बजारमा चलखेल गर्नको लागि यस्तो हल्ला चलाइएको बताएका थिए ।