महालक्ष्मी विकास बैंक र ह्याम्स अस्पतालबीच सेवा शुल्कमा छुट दिने सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मको छुट पाउनेछन । यसका साथै ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउन सक्नेछन ।
बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गरेका छन ।