मर्जरमा जान एनआइसी एशिया तयार, राष्ट्र बैंकमा बुझायो प्रतिबद्धता



काठमाडौं । एनआईसी एशिया बैंकले मर्जरमा जानको लागि आफ्नो प्रतिबद्धता राष्ट्र बैंकलाई बुझाएको छ ।

पछिल्ला तीनवर्षमा आक्रामक शाखा विस्तारसँगै व्यवसाय बढाएको एनआईसी एशियाको अहिले वाणिज्य बैंकमा सबैभन्दा बढी शाखा रहेका छन् ।

राष्ट्र बैंकमा एनआईसी एशियाले मर्जरमा जान तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले अहिलेसम्म संस्था पहिचान भने गरेको छैंन । बैंकको संचालक समितिको बैठकले मर्जरमा तयारी गर्ने जिम्मा भने व्यवस्थापनलाई दिएको छ ।


क्लिकमान्डु