लोकसेवा आयोगमा साढे ४ लाखको आवेदन, आवेदकबाट आयोगले कमायो १४ करोड
k
काठमाडौं । लोकसेवा आयोग स्थानीय तहका लागि विभिन्न ९ हजार १६१ पदका लागि साढे ४ लाखले आवेदन दिएका छन् ।
आवेदनबाट आयोगले १४ करोड ४ लाख ११ हजार १५० रुपैयाँ राजस्व संकलन गरेको छ ।
आयोगका अनुसार असार १७ गतेसम्म ४ लाख ३४ हजार ७६४ जनाले आवेदन दिएका छन् । जसमध्ये महिला १ लाख ३ हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेशी २४ हजार ९०, दलित ३ हजार ९१ र अपांग १४६ जनाले आवेदन दिएका छन् ।
आयोगको विज्ञापनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै परीक्षा सञ्चालन गर्नका लागि आदेश दिएको थियो । जसका कारण आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुला भएको थियो ।