सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस पारित



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले सेयर लगानीकर्तालाई ८६ प्रतिशत बोनस दिने निश्चित भएकाे छ ।

राजधानीमा सम्पन्न २२ औं वार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७४–७५ को मुनाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव पारित गरेको छ । याे सँगै अब लगानीकर्ताले उक्त बाेनस पाउने भएका छन् । बोनसमा लाग्ने कर भने लगानीकर्ताले नै तिर्नुपर्ने छ ।

५३ करोड ८२ लाख ९१ हजार ९ सय रूपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको ८६ प्रतिशत बोनस पछि १ अर्ब १२ लाख रूपैयाँ चुक्ता पुँजी पुग्नेछ ।


क्लिकमान्डु