मर्जरमा जान समय सीमा तोकेका गभर्नर बासेलको बैठकमा भाग लिन विदेश उड्ने
काठमाडौैं । बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जानको लागि एक हप्ताको समय दिएका राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल विदेश उड्ने भएका छन् ।
गभर्नर नेपाल स्वीजरल्याण्डमा बासेल कमिटिको बैठकमा भाग लिन जान लागेका हुन् । बिहीबार बेलुका गभर्नर नेपाल स्वीजरल्याण्ड प्रस्थान गर्ने छन् ।
स्वीजरल्याण्डको तेस्रो ठूलो सहरमा केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरु बैठकमा छलफलका लागि भेला हुन लागेका छन् । बासेल केन्द्रीय बैंकहरुको अन्तराष्ट्रिय संस्थाहरुको संस्थाको रुपमा लिइन्छ ।
यसले विभिन्न खाले नियमहरु ल्याउने गर्छ । गभर्नर नेपाल असार २२ गते फर्कने तालिका छ ।