एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा



काठमाडौं । यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले बिहीबार दिउँसो ४ बजे नतिजा सार्वजनिक गरेको हो ।

कुल ४ लाख ४९ हजासर ६४२ परीक्षार्थी सामेल भएको परीक्षामा ५० जनाको परीक्षाद रद्द भएको थियो ।

जसमा ४ लाख ५९ हजार ६ सय ७२ जना नियमित तर्फ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० बाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।

नतिजा हेर्नका लागि १६०० नम्बरमा फोन गरी नतिजा थाहा पाउन सकिन्छ ।

त्यस्तै,www.goe.gov.np, see.ntc.net.np, www.moe.gov.np, www.doe.gov.np मा गएर  पनि हेर्न सकिने कार्यालयले जानकारी दिएको छ ।

 


क्लिकमान्डु