काठमाडौं महानगरभित्र अनाधिकृत पार्किङ गरे १० हजार जरिवाना !



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अनधिकृत रुपमा पार्किङ गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब होसियार बन्नुहोस ।

किनभने काठमाडौं महानगरपालिकाले यसरी अनधिकृति रुपमा पार्किङ गरेमा १० हजार रुपैयाँसम्म जरिवाना लगाउने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक बजेटमा सवारी र सवारीको सिसी क्षमता अनुसार भिन्दा भिन्दै जरिवानाको व्यवस्था गरेको छ ।

महानगरपालिकाले सार्वजनिक गरेको पटके जरिवाना अनुसार अनधिकृत रुपमा मोटरसाइकल पार्किङ गरेमा १ हजार रुपैयाँसम्म जरिवाना लगाउने छ ।

त्यस्तै, ३ पांग्रे सवारीलाई २ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

त्यस्तै, १ हजार सिसी क्षमता भएका सवारी साधनका लागि २५ सय रुपैयाँ, १ हजार सिसीदेखि १५ सय सिसी क्षमता भएका सवारीलाई ५ हजार रुपैयाँ जरिवाना लगाउने छ ।

भने १५ सय सिसी क्षमता भएका सवारीलाई ७ हजार रुपैयाँ र २२ सय सिसी क्षमताभन्दा माथिका सवारी साधनलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।


क्लिकमान्डु