काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकका लागि अस्पताल खोल्ने भएको छ । बृद्धावस्थामा हुने रोगहरुको समयमा नै निदान तथा उपचार गर्नका लागि सुविधा सम्पन्न अस्पताल निर्माण योजना अघि सारेको छ ।
बिहीबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पेश गर्दै कामनपाका मेयर विद्यासुन्दर शाक्यले यस्तो बताएका छन् ।
उनले यस्तो अस्पताल खोल्न प्रदेश तथा संघीय सरकारसँग समन्वय तथा सहकार्य गर्ने उल्लेख छ । यस्तै निमोनिया तथा अन्य संक्रमणको रोकथामको लागि मनमोहन अधिकारी जेष्ठ नागरिक निशुल्क खोप कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
मेयरले पेश गरेको नीति तथा कार्यक्रममा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको आर्थिक वर्ष २०७६–०७७ देखि लागु हुने गरी महानगरपालिकाद्वारा वार्षिक स्वास्थ्य बीमा गरिने उल्लेख छ ।