हाहाकार भएपछि सरकारले भारतसँग डेढ अर्ब रुपैयाँको रासायनिक मल किन्ने निर्णय गर्यो



काठमाडौं । सरकारले भारतबाट ५० हजार टन रासायनिक मल भारतबाट खरीद गर्ने भएको छ । सरकारी स्तरबाट नै रासायनिक मल खरीदका लागि मन्त्रिपरिषदले स्वीकृति दिएको हो ।

किसानका दुखः धान रोप्ने बेलामा रासायनिक मल माग्दै आन्दोलन, कता हरायो ९ अर्ब अनुदान ?

कृषि विकास मन्त्री चक्रपाणी खनालको सचिवालयका अनुसार भारत सरकारसँग सरकारी स्तरमा नै रासायनिक मल खरीदको बाटो खुलेको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि दुई चरणमा गरेर ९ अर्ब बजेट छुट्याएको छ ।

त्यसमा दोस्रो पटक प्राप्त भएको ३ अर्ब मध्ये १ अर्ब ५० करोड बराबरको रासायनिक मल जि टु जी प्रक्रियाबाट खरीद गरिनेछ ।

मन्त्री खनालको सचिवालयका अनुसार भारतको एमएमटीसी र एसटीसी कम्पनीबाट त्तकाल ५० हजार टन मल खरीद गर्न लागिएको हो ।

त्यसबा लागि आवश्यक प्रक्रिया अगाडि बढाउन कृषि सामग्री कम्पनीलाई अख्तियारी दिइएको छ । मल नपाएको भन्दै धादिङलगायतका जिल्लामा किसनाले आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयका अनुसार ३० हजार टन यूरिया र २० हजार टन डिएपी मल पहिलो चरणमा ल्याइने छ ।


क्लिकमान्डु