सवारी साधनलाई नयाँ गति सिमा निर्धारण, बढी कुदाए कारबाही गरिने
काठमाडौं । चक्रपथस्थित कलंकी–कोटेश्वर सडकमा चल्ने सवारी साधनका लागि गति सिमा निर्धारण गरिएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार मूख्य लेनमा ५० किमि र सर्भिस लेनमा २० किमि प्रति घण्टा गति सिमा निर्धारण गरिएको छ ।
जेठ २० गतेदेखि लागू हुने गरी ल्याइएको नयाँ नियम अनुसार प्रहरीले अनुगमन गरिरहेको जानकारी दिएको छ । निर्धारित गति सिमाभन्दा बढी गतीमा सवारी कुदाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम आवश्यक कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।