जेठ २२ गतेदेखि लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी हुँदै, ७७ जिल्लाकै सहभागिता हुने



काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा ३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । जेठ २२ गतेदेखि २६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा ७७ वटै जिल्लाका कम्तीमा एक जना उद्योग सहभागी हुनेछन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मार्फत अध्यक्ष श्याम प्रसाद गिरीले भने, ‘लघु उद्योग र यसको विकास क्रमबारे जानकारी दिन र समग्र व्यवसायबारे जान्नका लागि प्रदर्शनी उपयुक्त थलो हुनेछ ।’

‘आर्थिक समृद्धिका लागि उद्योग खौलौ, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने नाराका साथ सञ्चालन हुने प्रदर्शनीमा २०० वटा लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहनेछ ।

प्रदर्शनी १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ५ करोडभन्दा बढीको व्यापार हुने अनुमान गरिएको छ ।

प्रदर्शनीमा विभिन्न उद्योगहरुलाई विभिन्न वर्गमा विभाजन गरिएका उत्कृष्ट १४ वटा लघु तथा साना उद्योगीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिने आयोजकले जानकारी दिएको छ ।


क्लिकमान्डु