सिटिजिन लाइफ इन्सोरेन्सले दियो सातौ बैदेशिक रोजगार विमा दाबी भुक्तानी




काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेसिक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी गरेको छ ।

मृत्यु दाबी भुक्तानी वापत १४ लाख बराबरको रकम भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको तर्फबाट सोलुखुम्बु नगरपालिका घर भइ माल्दिभ्समा बसी काम गर्दै आएकी रमिता बिकको असामयिक भएको मृत्यु वापत उनका ६ वर्षिया सुपुत्र सिमन बिकलाई सिटिजन लाइफ इन्स्योरेन्सका सि.ओ.ओ दशरथ मणी खड्काले बीमांक वापतको रकम जम्मा रु. १४ लाखको चेक हस्तान्तरण गरेका हुन ।
ग्राहकको सुरक्षा लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ ।


क्लिकमान्डु