बजेट भाषणको अन्तिम रुप तयार, यो टिमले दिँदैछ अन्तिम रुप

2.1k
Shares

काठमाडौं । अर्थमन्त्रालयले बजेटमा उल्लेख गरिने भाषणलाई अन्तिम रुप दिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखाएपछि बजेट भाषण पूर्ण रुपमा तयार हुने छ । अर्थमन्त्रालयका अनुसार सम्भव भएसम्म आज राती नभएमा भोलिसम्ममा बजेटको सबै काम सकिने छ ।

प्रधानमन्त्री ओलीबाट हुने निर्देशनको आधारमा अर्थमन्त्रीले बजेटमा लेखिने कुराहरु उल्लेख गरेका छन् ।

अर्थमन्त्री डा खतिवडाले ल्याउन लागेको बजेटमा उनलाई चारजनाको कोरटिमले सहयोग गरेको छ । यसो अर्थमन्त्रालयका कर्मचारी र मातहतका विभागका सबैजना नै बजेट निर्माणमा खटेका हुन्छन् ।

बजेटको गोपनियताको लागि अर्थमन्त्रीसँगै अर्थमन्त्रालयका सचिवद्वय राजन खनाल तथा लालशंकर घिमिरेले अर्थमन्त्री खतिवडालाई बजेट निर्माणमा सहयोग गरेका छन् ।

यसबाहेक बजेट महाशाखा प्रमुख हरिशरण पुडासिनी र अहिले अर्थमन्त्रालयमा काजमा रहेका राष्ट्र बैंकका निर्देशक डा रामशरण खरेलले बजेट लेखनमा अर्थमन्त्रीलाई सहयोग गरेका छन् ।

अर्थमन्त्री सहित उनको कोरटिम पछिल्लो सातादेखि दैनिक १६ घण्टासम्म खटेर बजेट निर्माणमा व्यस्थ रहेको छ ।