अब ब्राण्ड नखुलेका सामानको आयात गर्न नपाइने, अर्थमन्त्री बजेटमा गर्दैछन् यस्तो व्यवस्था



काठमाडौं । सरकारले ब्राण्ड नखुलेका वस्तुको आयातमा प्रतिबन्ध लगाउने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार पेश गर्न लागेको बजेट मार्फत ब्राण्ड नखुलेका सामानको आयातमा कडाई गर्न लागिएको हो ।

अर्थमन्त्रालय स्रोतका अनुसार नेपालमा ब्राण्ड नखुलेका सामान अत्याधिक रुपमा आउने गर्छन् ।

अर्थमन्त्री खतिवडाले सार्वजनिक कार्यक्रममा पनि नेपाललाई डम्पिङ साइट बन्न नदिने बताएका थिए ।

‘बजेट मार्फत आयातलाई केही व्यवस्थित गर्न खोजिएको छ,ब्राण्ड नभएका सामानहरुको आयातमा कडाई गर्ने तयारी छ,’अर्थमन्त्रालय स्रोतले भन्यो ।

खास गरेर ब्राण्ड नखुलेका सामानहरुको खुल्लमखुल्ला आयातले नेपाली अर्थतन्त्रमा समेत प्रभाव पार्ने गरेको छ । यहाका उद्योगहरुले उत्पादन गर्ने वस्तुलाई समेत यस्ता आयातित वस्तुले असर पार्ने गरेको छ ।


क्लिकमान्डु