यसरी ब्यूँतियो भूकम्पले खण्डहर बनेको तातोपानी नाका (फोटो फिचर)



काठमाडौं । २०६२ बैशाख ११ गतेको शक्तिशाली भुकम्पले खण्डहर बनेको तातोपानी नाकाब्यूँतिएको छ । जेठ १७ गतेदेखि पुन नाका सञ्चालनमा ल्याउनका लागि सबै कामहरु सकिएका छन् ।

नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात काम गरिरहेका छन् । गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण ३ महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ ।

होटल, गेस्टहाउसहरुमा पनि नयाँ मान्छे देखिन थालेका छन् । नाका खुल्दैछ भन्ने सुनेका स्थानीयवासी असाध्यै खुसी भएका छन् ।

नेपाल सरकारको पटकपटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । नाका खुल्ने पहिलो दिन साङ्केतिकरूपमा तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्ने छन् ।

मितेरी पुल नजिकै भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेको छ । केही समयपछि ती कार्यालय तातोपानी नाका नजिकै स्थापना भएको सुक्खा बन्दरगाहमा सर्नेछन् । सीमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तैनाथ भइसकेको छ ।  


पुष्प दुलाल