१९४ व्यापारीले कर तिरेनन्, आन्तरिक राजश्वले निकाल्यो ताकेता सहितको सूचना
काठमाडौं । राजश्वको लक्ष्य भेट्टाउन असफल भएको सरकारले अनेकन उपाय अगाडि सारिरहेको छ ।
त्यसैक्रममा कर नतिर्ने व्यवसायी तथा व्यापारीको नाम धमाधम सार्वजनिक गर्दै आन्तरिक राजश्वले कही ७ दिन त कही १५ दिनेको समय राखी रक तिर्न आउन सूचना जारी गरेको छ । सो समयमा कर तिर्न अटेर गर्ने व्यवसायीलाई बाँकी बक्यौता अनुसार कर असुल गर्ने निर्णय समेत गरेको छ ।
पटक पटक फोन सम्पर्क गरेको, सम्बन्धित व्यवसायीको कार्यालयमा नै गएर कर तिर्न आग्रह गर्दा समेत व्यवसायीले अटेर गरेको सूचनामा उल्लेख छ ।
विभिन्न ठेकेदार तथा व्यवसायिक फर्मले समेत कर तिर्न अटेर गर्दै आएका छन् । पत्र पठाएर ताकेता गर्दा समेत कर तिर्न अटेर गर्दै आएका व्यवसायिक फर्मलाई आयकर ऐन, २०५८ को दफा १०४ र मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ बमोजिम चल अचल सम्पत्ति रोक्का गरी अससल उपर गरिने आन्तरिक राजश्वको सूचनामा उल्लेख छ ।
आन्तरिक राजश्वका अनुसार धेरै जसो व्यवसायीले आयकर र मूल्य अभिवृद्धि कर तिरेका छैनन् । उनीहरुलाई १५ दिन भित्र बक्यौता कर तिर्न ताकेता गरिएको छ । कर नतिर्नेमा विशेष गरी ठेकेदार कम्पनी बढी रहेका छन् । समयमा काम नगर्ने र कर नतिर्नेमा समेत उनीहरु नै देखिएका छन् ।
पछिल्ला दिनमा नियमित जसो सूचना प्रकाशित गरी कर तिर्न ताकेता गर्दै आएका छ । देशैभरका कर प्रशासनले ताकेता गर्नुको पछाडि राजश्वको कूल लक्ष्य पूरा नभएपछि सरकारले कर उठाउन ताकेता गरेको हो ।