देशभर नयाँ पेट्रोल पम्प स्थापनाका लागि निगमले माग्यो आवेदन (सूचना सहित)



काठमाडौं । नेपाल आयल निगमले देशभर नै नयाँ पेट्रोल पम्प स्थापनाका लागि स्वीकृति दिने भएको छ ।

निगमले ७ वटै प्रदेश र काठमाडौंका विभिन्न स्थानमा नयाँ पेट्रोल पम्प स्थापना गर्ने गरी स्वीकृति दिन लागेको हो ।

व्यापार विस्तार गर्ने र पेट्रोलियम पदार्थ बिक्री वितरणमा थप सहजता ल्याउने लक्ष्यका साथ नयाँ पेट्रोल पम्प स्थापना गर्न लागिएको हो ।

निवेदनका साथ ५० हजार रुपैयाँ बराबरको रकम समेत निगमको खातामा जम्मा गर्नुपर्नेछ । बिक्री स्थलको चार किल्ला स्पष्ट खुलेको स्थलगत नक्शा , नक्साको ब्लु प्रिन्ट, टे«स नक्साको विवरण पेश गर्नुपर्नेछ । निगमले प्रदेश नं १ का क्षेत्र देखि ७ वटै प्रदेश र काठमाडौं उपत्यकामा समेत नयाँ पेट्रोल खोल्ने तयारी गरेको हो ।

काठमाडौं, ललितपुर महानगरपालिकामा कम्तीमा १२०० वर्ग मिटर वा ४ कट्ठा जग्गा वा २ रोपनी ८ आना जग्गा आवश्यक पर्नेछ । एउटा नमूना पम्प बिक्री स्थलबाट अर्को नमूा पम्प बिक्रेताको दुरी १० किलोमिटर र उक्त दुरीमा मट्टीतेलको बाहेक अन्य बित्रक्रेतालाई नियुक्ति नदिइने समेत निगमले स्पष्ट पारेको छ । निगमले शिलबन्दी गरी दर्ता गराउनुपर्ने सूचनामा उल्लेख गरेको छ ।


क्लिकमान्डु