जेट एयरवेयज बचाउन कर्मचारीले जुटाए ३० अर्ब भारतीय रुपैयाँ, उद्दार कति सम्भव ?



आर्थिक संकटमा फसेर डुब्न लागेको एयरलाइन्स कम्पनी जेट एयरवेयजलाई पुनः सुचारु गर्नको लागि कर्मचारीहरुले ३० अर्ब भारतीय रुपैयाँ फण्ड जुटाएका छन् ।

एयरलाइन्स कर्मचारीको एउटा समुहले जेटलाई ऋण दिएको लिड बैंक एसबिआई बैंक्लाई पत्र लेखेर कर्मचारीले बाहिरी लगानीकर्ताबाट फण्ड जुटाएको र कम्पनीको नियन्त्रणमा बोली लगाउनको लागि अनुमति मागेका छन् ।

जेट एयरवेयजको उद्दारकर्ता मुकेश अम्बानी बन्ने, कति सम्भव ?

सोसाइटी फर वेलयेर अफ इन्डियन पाइलट्स र जेट एयरक्राफ्ट मेटनेस इन्जिनियर एशोसिनयले संघलाई पत्र पठाएका छन् । संघले कर्मचारीले आफ्नो भविष्यको कमाई एयरलाइन्समा लगाउने र उत्पादकत्व बढाउने दाबी गरेका छन् ।

एसबिआईका अध्यक्षलाई लेखिएको सयुक्त पत्रमा भनिएको छ,‘हाम्रो सुरुवाती अनुमान अनुसार कर्मचारीको सेयर स्वामित्व कार्यक्रममा कर्मचारीले ४० अर्ब रुपैयाँभन्दा बढी हुनसक्छ,कर्मचारीहरुसँग व्यापक छलफल गरेर यो कुरा ल्याइएको हो।’

नयाँ दिल्ली जान हवाईजहाजको टिकट नै छैन, डेढ घण्टाको दुरी मलेसियाको बाटो हुँदै, मूल्य १ लाखसम्म

जेटलाई ऋण दिएको मुख्य बैंक एसबिआईले अहिले जेटको हिस्सेदारी बेच्नको लागि बोली लगाइरहेको छ । जसबाट उसले दिएको ८४ अर्ब भारतीय रुपैयाँ असुल हुन सकुस् । स्पाइसजेटका अध्यक्ष अजय सिंहले जेट बचाउनको लागि साढे २ खर्ब भारु लाग्ने र यो क्षमता आफुसँग नभएको बताएका थिए ।

नरेश गोयलले स्थापना गरेको जेट एयरवेयजले आर्थिक संकटको कारण अनिश्चितकालिन उडान स्थगित गरेको छ । जसको कारण हवाईजहाजको भाडा महंगो भएको छ । ऐजेन्सीबाट


क्लिकमान्डु