टिभीएस मोटरसाइकल र स्कूटरमा आकर्षणः बिक्री ४०% प्रतिशत बढ्यो



काठमाडौं । टिभीएस मोटरसाइकल तथा स्कूटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभरका डिलरहरुको भेला आयोजना गरेको छ ।

वैशाख ४ देखि ९ गतेसम्म भैरहवामा मोटरसाइकल तथा स्कूटरको देशभरका ९८ डिलरहरुको सहभागिता रहेको थियो । भेलामा यसको बिक्री परिमाण ४० प्रतिशतका दरले वृद्धि भएको बताइएको छ । सरकारको विभिन्न निकायका साथै एनजिओ, आइएनजिओ, तथा प्राइभेट सेक्टरहरुमा अत्यधिक माग हुँदै आएको जनाइएको छ ।

एक घर एक टिभीएसको लक्ष्य रहेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए । उनले भने, ‘हामी हाम्रो बिक्री रेकर्ड अझ सुधार गर्न चाहन्छौं र टिभीएस प्रति ग्राहकहरुले देखाउनु भएको रुचीलाई सम्मान गर्दै यसको सेवा विस्तार गर्न लालायित छौं । हामीलाई विश्वास छ, यो डिलर भेलाले तपाईं हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्न अभिप्रेरित गर्नेछ ।’

कम्पनी टिभीएसले उत्पादन गरेका १०० सिसिदेखि ३१० सिसिसम्मका विभिन्न टिभीएस मोटरसाइकल तथा स्कूटरहरु नेपालमा उपलब्ध छन् । मोटरसाइकल तथा स्कूटरहरुमा कम्पनीले ५ वर्षको वारेन्टीकासाथै स्पट एक्स्चेन्ज सुविधा, एक घण्टे द्रूत सेवा र अन्य धेरै सर्भिसहरु उपलब्ध गराएको छ ।


क्लिकमान्डु