जीवन बीमा कम्पनी गरे ३९ अर्ब बीमा शुल्क संकलन, निर्जीवनको १४ अर्ब ४१ करोड



काठमाडौं । गत फागुन महिनासम्ममा जीवन तथा निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी ४० अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा जीवन बीमा कम्पनीको चुक्ता पुँजी २७ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ रहेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा जीबन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँले बढेको छ । माघ महिनामा जीबन बीमा कम्पनीको चुक्ता पुँजी २६ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ रहेको बीमा समितिले जनाएको छ ।

यस्तै निर्जीबन बीमा कम्पनीहरुको फागुन महिनासम्मको चुक्ता पुँजी १२ अर्ब १८ करोड १९ लाख रुपैयाँ रहेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी बढेको छैन । माघ र फागुन महिनामा निर्जीबन बीमा कम्पनीको पुँजी उस्तै नै रहेको बिमा समितिले जनाएको छ ।
यो अवधिमा निर्जीबन बीमा कम्पनीलेहरुले ३० अर्ब ३४ करोड ३५ लाख रुपैयाँ लगानी गरेका छन् । माघ महिनाको तुलनामा फागुन महिनमा निर्जीवन बीमा कम्पनीको लगानी २६ करोड ३७ लाख रुपैयाँले बढेको छ । माघ महिनामा ३० अर्ब ७ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

निर्जीबन बीमा कम्पनीको बीमा शुल्क आर्जन १४ अर्ब ४१ करोड ६० लाख रुपैयाँ रहेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा ९८ करोड २४ लाख रुपैयाँले बढेको छ । माघ महिनामा १३ अर्ब ४३ करोड ३६ लाख रुपैयाँ रहेको छ । निर्जीबन बीमा कम्पनीहरुले अग्नि, मोटर, सामुन्द्रिक, हवाई, इन्जिनियरिङ, विविध, कृषि तथा बाली बीमा बाट बीमाशुल्क आर्जन गरेका छन् ।

अग्नि बीमाबाट दुई अर्ब ९५ करोड ८० लाख, मोटर बीमाबाट ६ अर्ब १४ करोड ८७ लाख, सामुन्द्रिक बीमाबाट १ अर्ब २२ करोड ६९ लाख, हवाई बीमाबाट ७६ करोड ६५ लाख, इन्जिनियरिङ बीमाबाट १ अर्ब ३१ करोड ४६ लाख, विविध बीमाबाट १ अर्ब ४४ करोड ६९ लाख र कृषि तथा बाली बीमाबाट ६४ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

समितिका अनुसार निर्जीबन बीमा कम्पनीहरुले १ खर्ब ३३ करोड ७७ लाख ८५ हजार बीमालेख जारी गरेका छन् । माघ महिनाको तुलनामा फागुन महिनामा १३ अर्ब २० करोड बीमा लेख बढेको छ । फागुन महिनामा मात्र १५ अर्ब ७८ करोड ७० लाखको बीमा लेख बिक्री भएको छ ।

निर्जीबन बीमा कम्पनीले पुनर्बीमाका लागि ५ अर्ब ६८ करोड ११ लाख रुपैयाँ भुक्तानी दिएका छन्, त्यसबाट १ अर्ब ५० करोड १ लाख कमिशन पाएका छन भने पुनर्बीमाबाट व्यहोरिने कूल दाबी रकम ३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

यस्तै जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा दुई खर्ब २४ अर्ब ५२ करोड १२ लाख रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीको लगानी माघ महिनाको तुलनामा फागुन महिनामा ३ अर्ब ४० करोड ६९ लाख रुपैयाँले बढेको छ । जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा ३९ अर्ब ८० करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन माघ महिनाको भन्दा ९ अर्ब ३३ करोड ७८ लाख रुपैयाँले बढी हो ।

आर्जित बीमा शुल्कमा वैदेशिक रोजगार म्यादी बीमाबाट १ अर्ब ५८ करोड १४ लाख र जीबन बीमा बापत ३८ अर्ब २२ करोड ५६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा जीबन बीमा कम्पनीहरुले ६ खर्ब ३ अर्ब १७ करोड ६ लाख बीमालेख जारी गरेका छन् । जीवन बीमा कम्पनीहरुले २० करोड ८७ लाख पुनर्बीमाका लागि भुक्तानी गरेका छन् । जसमा ३ करोड ४६ लाख पुनर्बीमाबाट कमिशन पाएका छन भने पुनर्बीमा व्यहोरिने दाबी रकम २९ करोड २७ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु