असार मसान्तसम्म डिम्याट खाता खोल्दा पैसा नलाग्ने




काठमाडौं । एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ ।

सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर गर्दै “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी गर्न लागेको बेंकले जनाएको छ ।
एन आई सी एशिया क्यापिटल लिमिटेडले सोहि अभियानलाई थप टेवा पुर्याउन मिति २०७६ अषाढ मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट समेत गर्ने भएको छ । सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने विश्वास लिईएको छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय मर्चेण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्दै आएको छ ।


क्लिकमान्डु