महालेखाको प्रश्नः ९७ करदाताको सवा ५ अर्बको कारोबारमा किन कर निर्धारण गरिएन ?



काठमाठौं । ९७ करदताले ५ वर्षदेखि कर नतिर्दा पनि कर कार्यालय चुप लागेर बसेको भन्दै महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेकोछ । शुक्रबार ५६औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले कर कार्यालयलाई प्रश्न गरेको हो ।

प्रतिवेदन अनुसार मूल्य अभिवृद्धि कर विवरणमा देखाएको बिक्रीबाट मात्र ११ आन्तरिक राजस्व कार्यालयअन्तर्गत रहेका ९७ करदाताको आय वर्ष २०६९।७० देखि २०७३।७४ सम्मको कारोबार रु.५ अर्ब ५१ करोड ६९ लाख देखिएको
छ ।

‘ती करदाताको कारोबारमा निगरानी राखी कर निर्धारण गर्नेतर्फ आन्तरिक राजस्व कार्यालयबाट प्रभावकारी कदम चालेको देखिएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

आयकर ऐन, २०५८ को अनुसूची १ को दफा १७ अनुसार कारोबारमा आधारित कर ०.७५ प्रतिशतलाई आधार लिँदा समेत न्यूनतम लाग्ने कर ४ करोड १३ लाख रुपैयाँका सम्बन्धमा छानबिन गरी कर निर्धारण गर्नुपर्ने महालेखाको ठहर छ ।


पुष्प दुलाल