अल्टो के–१० कारमा थपिए नयाँ विशेषता, नयाँ मूल्य कति ?
काठमाडौं । मारुति सुजुकी कम्पनीले अल्टो के–१० मोडल कारमा सुरक्षा सम्वन्धि केहि नयाँ विशेषताहरु थप गरेको छ । विशेषता थप भएसँगै गाडिको मूल्यमा समेत केहि परिवर्तन हुने कम्पनीले बताएको छ ।
थप गरिएका विषेताहरुमा एविएस विथ इविडि, ड्राइभर साइड एयरव्याग, रिभर्स पार्किङ सेन्सर, स्पिड अलर्ट, चालक र सहचालक सिटबेल्ट रिमाइन्डर रहेका छन । उक्त मोडलमा थप गरिएका यी विशेषताहरु अब छिटै अल्टो ८०० मोडलमा पनि राखिने कम्पनीले जनाएको छ ।
सुरक्षाका केहि विशेषता थपिएपछि अब यो मोडलको कार किन्नेहरुले पहिलाको भन्दा २५ हजार भारु धेरै तिर्नुपर्ने भएको छ । मारुती सुजुकि अल्टो के–१० खरिद गर्न अब गाडि प्रयोगकर्ताले ३ लाख ६५ हजार देखि ४ लाख ५४ हजार भारु सम्म तिर्नुपर्ने भएको छ । भारतमा यो मूल्य यहि अप्रिल ११ तारिख देखि लागु भएको छ ।
अन्य विशेषता र इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन ।