प्रधानमन्त्रीको निवास रहेको जग्गा किनबेच भएको छैन: मन्त्री बाँस्कोटा



काठमाडौं । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको बताएका छन् ।

मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेको बाँस्कोटाले प्रम निवासको जग्गा किनबेच नभएको र छेउको जग्गा किनबेच भएको बताए ।

उक्त जग्गामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल ठगिएको उनको धारणा छ । उनले भने, ‘उहाँले जग्गा किन्नुभयो, नक्कली परेछ, उहाँ ठगीनुभयो ।’ सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले उनले यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाही गर्ने बताए ।

ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रितालको समितिको सिफारिसअनुसार जग्गा किनबेचमा रोक लगाइसकेको उनको भनाई छ ।


क्लिकमान्डु