सेयर बजारमा ४० अर्ब घोटला गरेर लगानीकर्ता डुबाउने हर्षत मेहताबाट नियामकले के सिक्ने ?



हर्षत मेहता भारतीय सेयर बजारमा १९८० देखि ९० को दशकमा बादशाह थिए । उनले स्टक मार्केटको दिशालाई नै परिवर्तन गरेको थिए ।

तर, कसैलाई यो जानकारी थिएन जसलाई स्टक मार्केटको मसिया भनिएको थियो उसले घोटाला गरेर लगानीकर्तालाई डुबाउने छ ।

हर्षत मेहता भारतीय सेयर बजारमा यस्तो व्यक्तिको नाम हो जसले त्यो बेला ४० अर्बको घोटाला गरेका थिए । भारतका पुराना सेयर लगानीकर्ताहरु त्यो घोटालाबाट भएको घाटा अझै बिर्सेका छैनन् ।

कानूनी लडाई लड्दै गर्दा मेहताको मृत्यु भएपनि भारतीय सेयर बजारमा उनले गरेको कालो कामबाट सधै झस्काएर सम्झाउने खालको छ ।

सन् १९५४ को जुलाई २९ मा गुजरातको राजकोटमा पर्ने पनेल मोटीमा हर्षत मेहताको जन्म भएको थियो । सानो व्यवसायिक परिवारमा जन्मेका मेहताले आफ्नो बाल्यकाल मुम्बाईमा बिताएका थिए ।

१९७६ मा बिकम पास गरेपछि उनले पहिलो नोकरी इन्डिया इन्स्योरेन्स कम्पनीमा सेल्सम्यानको रुपमा काम गरे । त्यहीबाट मेहताले सेयर बजारमा रुची दिन थाले । उनले नोकरी छाडेर हरिजीवनदास नेदिास सेक्युरिटीमा प्रवेश गरे । उनले प्रशन्त परिजीवनदासलाई आफ्नो गुरु मान्थे ।

परिजीवनदासको साथ काम गरेर उनले सेयर बजारको बारेमा सिके । सन् १९८४ मा उनले ग्रो मोर रिसर्ज एण्ड एसेट म्यानेजमेन्ट नामको कम्पनी खोले । मुम्बई स्टक एक्सचेन्जमा ब्रोक्ररको मेम्बरशिप लिए ।

त्यहीबाट उनलाई स्टक मार्केटको बादशाह बने । पछि स्टक मार्केटकको अभिताभ बच्चन र रेजिंग बुल भन्न थालियो ।

के थियो हर्षत मेहता घोटाला ?

सन् १९९० दशकमा हर्षत मेहताको कम्पनीमा ठूला लगानीकर्ताले पैसा लगानी गरेका थिए ।

हर्षत मेहताको नाम स्टक मार्केटमा छाउन थाल्यो । एसीसी अर्थात एशोसियटेड सिमेन्ट कम्पनीमा उनले पैसा लगानी गरे हषृत मेहताले एसीसीमा पैसा लगाएपछि यसको सेयर मूल्य यसरी बढ्यो जसको अनुमान कसैलेपनि गर्न सक्दैन । प्रतिकित्ता २ सय रुपैयाँ रहेको एसीसीको सेयर मूल्य ९ हजारसम्म पुग्यो ।

सन् १९९० मा हर्षत मेहताको नाम ठूला पत्रिका, म्यागेजिनमा कभर फोटो सहित आउन थाल्यो ।

हर्षत मेहताको १५५० स्कबर फिटको फेसिङ पेन्ट हाउस देखि लिएर महंगा गाडीको शोखले उनलाई एउटा सेलिब्रेटि नै बनाइदियो । यो भारतीय सेयर बजार र संचारमाध्यमको लागि पनि नौलो घटना थियो । एउटा सेयर ब्रोकरले यती धेरै लगानी गरेको छ र करौडौ कमाएको पनि छ । उनले कहाबाट पैसा ल्याएर पैसा लगानी गरे कसलाई थाह थिएन ।

सन् १९९२ मा हर्षत मेहताको पर्दाफास टाइम्स अफ इन्डियाकी पत्रिकार सुचेता दलालले गरिन् । सुचेता दलालका अनुसार हर्षत मेहता बैंकबाट १५ दिनको लागि ऋण लिने गर्थे र त्यसलाई सेयर बजारमा लगाउने गर्थे । १५ दिनभित्र नाफा सहित पैसा फिर्ता पनि गरेका थिए ।

१५ दिनको लागि कसैले पनि ऋण दिदैनथ्यो । तर, मेहताले फेक बिल बनाएर बैंकबाट सजिलोसँग पैसा लिएका थिए । यो खुलासँगै सबै बैंकले पैसा फिर्ता माग्न थाले । खुलासासँगै उनलाई ७२ वटा क्रिमिनल चार्ज लगाइयो ।

हर्षत मेहताले पत्रिकारमा एडवाइजरी कोलम लेख्ने गर्थे । जसमा उनले आफुले सेयर खरिद गरेको कम्पनीमा पैसा लगानी गर्न सुझाव दिने गरेका थिए ।

सो समय प्रधानमन्त्री थिए नरसिह्मा राव । उनलाई मेहतालाई बचाउनको लागि तत्कालिन समयमा १ करोड भारु घुस लिएको आरोप लागेको थियो । तर, यो आरोपलाई भने कांग्रेस आईले खण्डन गरेका थिए ।

रहस्यमय मृत्यु

हर्षत मेहतामाथि ७४ वटा केस चलेपनि अहिलेसम्म जम्मा एउटा मुद्दामा मात्र अदालतले दोषी ठहर गरेको छ । भारतको सर्बोच्च अदालतले ५ वर्षको जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना र्ने फैसला गरेको थियो । हालै मात्र कर छली सम्बन्धि मुद्दामा पनि मेहता परिवारले सफाई पाएको छ ।

२००१ को डिसेम्बर ३१ मा उनको मृत्यु भयो । एक्कासी बिरामी भएपछि उनको मृत्यु भएको बताइन्छ । जुनबेला उनी प्रहरी हिरासतमा थिए । ठाणे जेलमा रहेको बेला उनी बिरामी हुन्छन् प्ररहीले ठाणेको सिविल अस्पतालमा लैजान्छ । उनको निधन हुन्छ । ऐजेन्सीको सहयोगमा


पुष्प दुलाल