थपिने भयो अर्को सिमेन्ट कम्पनी, शिवशक्ति ग्रुपको लगानीमा बालाजी सिमेन्ट आउने



काठमाडौं । सिमेन्ट व्यवसायमा नयाँ कम्पनीको प्रवेश हुने भएको छ ।

शिवशक्ति ग्रुपका राहुलकुमार अग्रवाल तथा व्यवसायीहरु गौरव अग्रवाल गाडिया र हेमन्तकुमार अग्रवालको लगानीमा बालाजी सिमेन्ट आउने भएको हो । टेक्साइल व्यवसायमा लगानी रहेका गौरव र अम्बुजा सिमेन्टका प्रवन्ध निर्देशक हेमन्तले नयाँ सिमेन्ट ल्याउन लागेका हुन् ।

कपिलवस्तुको चन्द्रौटामा प्लान्टको काम अगाडि बढीरहेको छ ।

बालाजी सिमेन्टले उद्योगलाई पूर्ण रुपमा संचालन गर्नको लागि ३ अर्ब रुपैयाँ ऋण लिन लागेको छ । यसको लागि कम्पनीले रेटिङ समेत गराएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि ५० करोडभन्दा बढीको ऋण लिनको लागि रेटिङ गराउनुपर्छ ।

बालाजी सिमेन्टले दीर्घकालिन रुपमा १ अर्ब,यस्तै दीर्घकालिन रुपमा नै १७ करोड ६६ लाख र अल्पकालिन रुपमा ९४ करोड र ८६ करोड रुपैयाँ ऋण लिन लागेको हो ।

रेटिङ ऐजेन्सी केयर नेपालले दीर्घकालिन ऋणको लागि डलब बी र अल्पकालिनको लागि ए फोर रेटिङ गरेको छ । कम्पनीले दैनिक १४ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ ।


क्लिकमान्डु