सिमरामा सेज बनाउन लगानी बोर्ड र आइएसीबीच सम्झौता, आइएफसीले नेपालमा १ खर्ब लगानी गर्ने



काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले र लगानी बोर्ड बीच सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) बनाउनका लागि सम्झौता भएको छ ।

लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी र आइएफसीका प्रतिनिधिबीच उक्त सम्झौता भएको हो । सार्वजानिक निजी साझेदारीमा उक्त सेज निर्माण गरिने छ ।

आइएफसीका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा एक अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब १० अर्ब रुपैयाँ बराबरको लगानी गर्ने बताएका थिए।

निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी उपाध्यक्ष पिटरले बताए ।

आइएफसीले आगामी ४ वर्षमा सो लगानी नेपालमा गर्नेछ । निजी क्षेत्र पनि अब आधुनिक बनेर खरो प्रतिस्पर्धामा उत्रिनुपर्ने उनको भनाई थियो । आईएफसीले नेपालमा ५० वर्षदेखि लगानी गर्दै आएको छ ।


पुष्प दुलाल