होण्डा “सम्बन्ध सपनाहरुको” याेजनाकाे विजेता घोषित




काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा आफ्नो दशैं तथा तिहार योजना “सम्बन्ध सपनाहरुको” को विजेता घोषित गरेको छ ।

उक्त योजनामा २५ हजार २ सय ६५ जनाको सहभागिता रहेको थियो । सहभागीहरुमध्ये लक्की ड्र मार्फत ५० जना छनौट गरिएको छ । छनौट भएका सहभागीहरुले ५० लाख बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो । अपलोड गरिएका ३९ भिडियो मध्ये सर्वाधिक २४,१५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनी जनमानसको सेवा गर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा उक्त योजनाको विजेता बन्न सफल भएका छन ।


क्लिकमान्डु