काठमाडौं महानगरका कुन-कुन सडक ब्रुमरले सफा गर्छन् ? यस्तो छ रुट

287
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सञ्चालनमा ल्याएको ५ वटा ब्रुमरले महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सडक सफा गर्ने बताइएको छ । महानगर क्षेत्रभित्र प्रधानमन्त्री कार्यालयदेखि प्रधानमन्त्री निवासका साथै विभिन्न मुलुकका कुटनीतिक नियोग लगायतका विभन्नि संघसंस्थाहरुसम्म पर्नेछ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरे ।

महानगरपालिका अन्तर्गत वातावरण विभाग टेकुमा राखिने ब्रुमरले टेकुबाट सफा गर्दै महानगरका ३२ वडाका सडक सफा गरी फेरि टेकुमै आइपुग्छन् ।

महानगरपालिका अनुसार टेकुबाट सडक सफा गर्ने काम सुरु गर्दै ब्रुमरले सोल्टीमोड हुँदै कलंकी त्यसपछि सोल्टीमोड, टेकुहुँदैं त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महांकाल, जमल लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायण गोपाल चोकसम्मको मुल सडक सफा गर्नेछ ।

त्यसपछि जमल विश्वज्योति घण्टाभर भद्रकाली सहिद गेट हुँदै सुन्धाराको सडक सफा गरी टेकु आउनेछ ।

अर्को रुट अन्र्तगत ब्रुमर टेकु, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डला, बबरमहल बानेश्वर तीनकुने हुँदै अन्तराष्ट्रिय बिमानस्थलसम्मको सडक सफा गर्नेछ ।

त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर पेप्सिकोला हुँदै कोटेश्वर नयाँ बानेश्वर, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु कालीमाटी, बल्खु कालिमाटी हुदै ब्रुमर पुनः टेकुमा आउनेछ ।

टेकु त्रिपुरेश्वर सुन्धारहुँदै भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली, सिंहदरबार, पुतलीसडक, कमलादी, हात्तीसार, जय नेपाल हल, दरबारमार्ग, कमलादीहुँदै काठमाडौं प्लाजासम्मको सडक ब्रुमरले सफा गर्नेछ ।

त्यस्तै दरबारमार्ग नारायणहिटी, केशरमहल चोक, लाजिम्पाट नरायणहिटी उत्तर गेट, गैरीधारा ,सभामुख क्वाटर, राष्ट्र बैंक, प्रधानमन्त्री निवास, रसियन दूतावास महाराजगञ्जस्थित वडा ३ को कार्यालयहुँदै शितल निवास, पानीपोखरी, सोह्रखुट्टे, विष्णुमती लिकं रोड, इन्द्रयाणीहुँदै नरदेवी पुलसम्मको सडक सफा गरेर फेरि ब्रुमर टेकु आउनेछ ।

ब्रुमर टेकु त्रिपुरेश्वर हुँदै पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनामंगल, एअरपोर्ट प्रवेशद्धार, गौशला,चावहिल, चुच्चेपाटीहुँदै चावहिल, गौशला, बत्तीसपुतली, पुरानोबानेश्वर , मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, सिंहदरबार, माइतीघरमण्डलको सडक सफा गरी पुनः थापाथली त्रिपुरेश्वरहुँदै ब्रुमर टेकु आउनेछ ।

ब्रुमर टेकु त्रिपुरेश्वर हुदै हुलाक कार्यालय, न्यूरोड गेट, बसन्तपुर, ईन्द्रचोक, न्यूरोड, महांकाल, जमल केशरमहल हुँदै त्रिदेवीमार्गको सडक सफा गर्नेछ । ठमेलबाट फर्किएर ब्रुमर दरबार मार्ग, घण्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघरमण्डलाहुँदै सिंहदरबार दक्षिण ढोकासम्मको सडक सफा गर्नेछ ।

हनुमानस्थान हुँदै थापागाँउ, बानेश्वर, पुरानो बानेश्वर, मध्यबानेश्वर, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार, बागबजार, प्रदर्शनी मार्ग, भद्रकाली, त्रिपुरेश्वर हुँदै टेकु, बल्खु, कंलकी, सितापाइला, बालाजु, गोंगबु, नरायण गोपाल चोक, चावहिल, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार, पुरानो बसपार्क त्रिपुरेश्वरसम्मको सडक सफा गर्दै ब्रुमर पुनः टेकु आउनेछ ।

११ करोडभन्दा बढी लागतमा ल्याइएको ५ वटा ब्रुमरमा ब्रुमर चालक र एक सहयोगी बस्न मिल्छ ।