वैशाख १ देखि प्यान अनिवार्य लाग्ने बोर्डको निर्णय फोरमद्वारा स्वागत



काठमाडौं । धितोपत्र बोर्डले आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने निर्णयको इन्भेष्टर फोरमले स्वागत गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै फोरमले लामो समयदेखि पुँजीबजारको विकास, विस्तार र लगानीकर्ताहरुको हकहितका लागि उठाउँदै आएका मागमध्ये प्यान नम्बर लागु गर्ने बोर्डको निर्णयको स्वागत गरेको जनाएको छ ।

बोर्डको उक्त निर्णयले सम्पूर्ण लगानीकर्ताको भावना समेट्दै साना लगानीकर्ताको हितमा प्यान अनिवार्य नगर्ने निर्णयको फोरमले स्वागत गरेको छ ।

विज्ञप्ति जारी गर्दै आगामी दिनमा सरकार, अर्थमन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज नेप्से लगायतका निकायले लगानीकर्ताहरुको जायज मागलाई छिटो पुरा गर्ने अपेक्षा पनि गरेको छ ।

बोर्डले पाँच लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने बोर्डले निर्णय गरेको छ ।


क्लिकमान्डु