कृषिमा विदेशी लगानी भित्र्याउने यस्तो तयारीमा सरकार



काठमाडौं । सरकारले कृषि क्षेत्रमा पनि विदेशी लगानी ल्याउने तयारीमा लागेको छ ।

सरकारका प्रवक्ता तथा सूचना एंव प्रविधिमन्त्री गोकुल बास्कोटाले
सरकारले गरेको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा कृषिमा लगानी आयात गर्न लागेको जानकारी गराएका हुन ।

त्यसरी आएको लगानी आधुनिक उत्पादन, भण्डारण, व्यवस्थापन र बिक्री वितरणका लागि, सुरक्षणमा प्रयोग हुने उनको भनाई छ । कृषि क्षेत्रमा आधुनिक प्रविधिको निकै प्रयोग भइरहेको भन्दै लगानी पनि आवश्यक रहेको उनको भनाई छ ।

कृषिको तथ्याङ हेर्दा नै अधिकांश कुरा आयात भइरहेको सन्दर्भमा आधुनिक प्रविधिको कारण व्यवसायीक उत्पादन सुरु भएकोले लगान आवश्यक रहेको बास्कोटाले बताए । अन्य विभिन्न क्षेत्रमा लगानी आईरहेको र कृषिमा पनि आउने लगानीलाई स्वागत गर्ने उनले बताए ।


क्लिकमान्डु