टिकेन सेयर बजारमा दोहोरो अंकको सुधार, लगानीकर्तामा त्रास कायमै



काठमाडौं । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार पुन दोहोरो अंकले घटेको छ ।

बुधबार सेयर बजार मापन गर्ने सूचक १३.१६ अंकले घटेर परिसूचक १ हजार १५०.१० बिन्दुमा रोकिएको छ । यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७२ अंकले घटेर २४४.७५ बिन्दुमा रोकिएको छ ।

यो दिन १७३ कम्पनीको १३ लाख १ हजार ५११ कित्ता सेयर ३६ करोड ९० लाख ६ हजार ८६२ रुपैयाँको कारोबार भएको छ । यो दिन दशवटा उप समूहको सेयर कारोबार हुँदा नौवटा समूहको उपसमूहको सेयर घटेको छ । तर वित्त समूहको २.७४ अंकले बढेको छ ।

कारोबारमा सबै भन्दा बढी निर्जीबन बीमा कम्पनीको ८९.०५, जीवन बीमा ७३.५१, होटेल ४२.४५, उत्पादन तथा प्रशोधन ३८.८१, जलविद्युत २१.०९, माइक्रोफाइनान्स २१.६१, विकास बैंक १७.६२, बैंकिङ समूहको सूचक १०.५८ अंकले घटेको छ ।

यो दिन कारोबार रकमका आधारमा नागरिक लगानीकोष अग्रस्थानमा देखिएको छ । कोषको १ करोड ९६ लाख १८ हजार ६०७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा एनसिसि बैंक, माथिल्लो तामोकोशी रहेका छन् ।

कारोबारमा उन्नती फाइनान्स, आशा लघुवित्त, वल्र्डमर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, गुडविल फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन भने हाथवे फाइनान्स, अरुण कावेली पावर, एनएजी इस्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु