सेयर बजारमा उत्साहित बन्दै लगानीकर्ता,कारोबार रकमले दियो साथ
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएसँगै लगानीकर्ता उत्साहित बन्दै गएका छन् ।
सेयर कारोबार मापन गर्ने सूचकमा दोहोरो अंकको सुधार सँगै लगानीकर्ता बजारप्रति उत्साहित बन्दै गएका छन् ।
मंगलबार नेप्से सूचक २०.३३ अंकले बढेर एक हजार १६३.२६ अंकमा रोकिएको छ । यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.२१ अंकले बढेर २४७.४७ बिन्दुमा रोकिएको छ । १७६ कम्पनीको १९ लाख ५४ हजार ५६ कित्ता सेयर ५२ करोड ७७ लाख ३५ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन ११ वटा उपसमूहको कारोबार हुँदा सबैमा हरियाली छाएको छ । सबै भन्दा बढी जीवन बीमा समूहको ७७.१७, उत्पादन तथा प्रशोधन ३२.२९, जलविद्युत ३२.१२, निर्जीबन बीमा २९.९२, बैंकिङ उपसमूहको २२.२८ अंकले बढेको छ ।
कारोबार करमको आधारमा माछापुच्छ्रे बैंक अग्रभागमा रहेको छ । बैंकको ३ करोड १५ लाख ५७ हजार १५९ दोस्रो र तेस्रोमा क्रमशः एनसीसी र प्रभु बैंक रहेका छन् । सिनर्जी पावर डेभलपमेन्ट, सपोर्ट माइक्रोफाइनान्स, हिमालयन पावर, कालिका पावरका लगानीकर्ताले कमाउँदा सिटिजन्स म्यूचुअल फण्ड–१, सगरमाथा इन्स्योरेन्स, निर्धन उत्थान लघुवित्तका लगानीकर्ताहरुले गुमाएका छन् ।