सन् २०१८ मा १९५ अर्बपति थपिए, कुन देशका कति ?



काठमाडौं । सन् २०१८ मा १९५ जना अर्बपति थपिएका छन् । बिजनेश म्यागेजिन फोर्ब्सले मंगलबार सार्वजानिक गरेको विवरण अनुसार सबैभन्दा बढी हङकङ सहित चीनका अर्बपति थपिएका छन् ।

फोर्ब्सका अनुसार चीन र हङकङका ५३ जना नयाँ अर्बपति थपिएका हुन् । त्यस्तै, अमेरिकाका ३९ जना, ब्राजिलका १८ ताइवानका ९ र छिमेकी भारतका ७ जना नयाँ अर्बपति थपिएका हुन् ।

त्यस्तै, फिलिफिन्स र रसियाका ७/७, फ्रान्सका ७ र जर्मनीका ४ नायाँ अर्बपति थपिएका हुन् । यसैगरी जापान र थाइल्याण्डका ४/४ जना, क्यानडा, इटाली र नेदरल्याण्डका ३/३ जना छन् ।

त्यसैगरी, अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, आयरल्याण्ड, सिंगापुर, दक्षिण कोरिया, स्पेन, स्वीडेन, भियतनामका २/२ जना नयाँ अर्बपति थपिएका छन् ।

हंगेरी, इन्डोनेशिया, मेक्सीको, इजरायल, स्लोभाकिया, दक्षिण अफ्रिका, बेलायत र स्वीजरल्याण्डका १/१ जना नयाँ अर्बपति थपिएका हुन् ।


पुष्प दुलाल