तीन वर्षभित्र नेपालीको आम्दानी १ हजार ५ सय डलर पुर्याउने आयोगको लक्ष्य



काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी तीन वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ ।

राष्ट्रिय योजना आयोगले १५ औं पञ्चवर्षीय योजना आ.व.२०७६-७७–२०८०-८१) तयार गरेको छ । उक्त योजनामा नेपालीको औसात आय १ हजार ५ सय अमेरिकी डलर पुग्ने आयोगले जनाएको छ । अहिले नेपालीको प्रतिव्यक्ति आय १ हजार १२ अमेरिकी डलर रहेको छ ।

यस्तै वि.स. २०८७ सम्ममा नेपालीको आय ४ हजार १ सय अमेरिकी डलर पुर्याउने योजना आयोग रहेको छ । वि.स. २१०० सम्ममा नेपालीको प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरिकी डलर पुग्ने आयोगको आंकलन रहेको छ । यो सँगै नेपाल विकासोन्मुख राष्ट्रबाट विकसीत हुँदै उच्च आय भएको देशको रुपमा गनिने बताइएको छ ।

देशमा दशक लामो द्वन्दका कारण कुनै पनि विकास निर्माणका काम हुन पाएका थिनन् । दशक लामो आन्दोलन सकिएपछि देशमा विकास निर्माणको कामले गति लिन सकेको छैन् । यस अघि कुनै पनि पञ्चवर्षिय योजना बनेका थिएनन् ।

अब भने आयोगले पञ्चवर्षीय योजना बनाएर देशलाई आर्थिक उन्नतिको मार्गमा लैजाने र सरकारले निर्धारण गरेको ‘सुखि नेपाली, सम्वृद्ध नेपाल’ योजना कार्यान्वयनमा लैजाने तयारीमा रहेको आयोगका एक अधिकारीले बताए ।
बुधबार आयोगद्वारा तयार गरिएको दीर्घकालिन सोचसहितको १५ औं योजना (आ.व.२०७६-७७-२०८०-८१) को आधारपत्रमा छलफल तथा परामर्श गर्ने भएको छ ।


क्लिकमान्डु