काठमाडौं । व्यापारीहरुले नक्कली भ्याट बिल पुनः प्रयोग गरेको कुरा बाहिर आएको छ ।
२०६७ सालमा नक्कली भ्याट बिल ठूला व्यवसायिक घरानाले प्रयोग गरेको पाइएको थियो । जसको मुद्दा अहिले सर्बोच्च अदालतमा विचाराधिन रहेको छ ।
राजस्व अनुसन्धान विभागले २४ जना विरुद्द नक्कली भ्याट बिल बनाएर राजस्व छलेको आरोपमा मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । करिब दुई महिनाको अनुसन्धानपछि विभागले २४ वटा फर्ममाथि मुद्दा दायर गरेको हो ।
परमेश्वर साह र जयकिशोर साहलाई विभागले गत माघ ३ मा पक्राउ गरेको थियो । त्यसपछि नक्कली भ्याटबिलको विषयमा अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया