बैंकबाट ऋण लिएर साढे ६ अर्ब लगानी थप्दै राजेश मेटल क्राफ्ट



काठमाडौं । जस्तापाता, छड डण्डीको उत्पादन गर्ने कम्पनी राजेश मेटल क्राफ्टले बैंकबाट ऋण लिएर ६ अर्ब ५९ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीले दीर्घकालिन अवधीको लागि ५ अर्ब १३ करोड र अल्पकलिन अवधिका लागि १ अर्ब ४५ करोड ऋण लिन लागेको हो ।

रेटिङ ऐजेन्सी इक्रा नेपालले अल्पकालिन र दीर्घकालिन ऋणको लागि ‘ए २’ रेटिङ दिएको छ ।

स्वदेशी जस्तापातालाई संरक्षण दिने नीति भएको हुँदा कम्पनीको बजार अवस्था राम्रो भएको टिप्पणी इक्राले गरेको छ । यद्यपि नीतिगत परिवर्तन हुँदा व्यवसायमा असर पर्ने सक्ने चेतावनी दिएको छ ।

भूकम्पपछि भने कम्पनीको कारोबार तथा बढ्दै गएको देखिएको छ । सन् २०१६ मा कम्पनीले ६८ करोड रुपैयाँ नाफा गरेको विवरणमा उल्लेख छ ।

यस्तै सन् २०१७ मा ६५ करोड २० लाख नाफा भएकोमा सन् २०१८ मा १ अर्ब रुपैयाँ नाफा भएको विवरणमा देखिएको छ ।


पुष्प दुलाल