विद्युत प्राधिकरणले आइतबार कहाँ-कहाँ लोडसेडिङ गर्दैछ ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म राजधानीका विभिन्न स्थानमा विद्युत कटौति (लोडसेडिङ) गर्ने भएको छ ।

प्राधिकरणको रत्नपार्क वितरण केन्द्र रहेको थापाथली स्वीचिङ स्टेशनको ११ केभी भीसीवी प्यानल तथा स्वीच गियर फेर्नका लागि विभिन्न स्थानमा विद्युत कटौति गर्ने भएको हो ।

‘टेकू, थापाथली, पाटन, सानेपा तथा प्रसूतीगृह फिडरबाट हँदै आएको विद्यूत आपूर्ती बन्द हून जाने व्यहोरा सूचित गरिन्छ,’ प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।


पुष्प दुलाल