योगगुरु रामदेवको कम्पनी पतन्जली आयुर्वेदको व्यापार खस्कियो, ५ वर्ष यताकै कमजोर



योगगुरु रामदेवको कम्पनी पतन्जली आयुर्वेदको बिक्री र नाफा घटेको छ ।

मार्च २०१८ मा सकिएको आर्थिक वर्षमा व्यापारमा ठूलो मात्राले कमी आएको छ । पतन्जलीलाई टक्कर दिनको लागि गएको वर्ष ठूला बहुराष्ट्रिय कम्पनीले आयुर्वेद र हर्बल प्रोडक्ट लन्च गरेका थिए । तीव्र प्रतिस्पर्धाको बीच पतन्जलीलाई गुड्स एण्ड सर्भिस ट्याक्स(जिएसटी)ले गर्दा वितरणमा ठूलो समस्या देखियो ।

रिसर्च प्लेटफर्म टाफलरका अनुसार आर्थिक वर्ष २०१७/१८ मा पतन्जलीको आम्दानी १० प्रतिशत घटेर ८१ अर्ब ३५ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा ९० अर्ब ३० करोड भारु रहेको थियो । सन् २०१३ पछि कम्पनीको सबैभन्दा खराब व्यापार भएको हो । सन् २०१७/१८ मा पतन्जलीको खुद नाफा ५० प्रतिशतले घटेर ५ अर्ब २९ करोड भारु भएको छ ।

केयर रेटिङ अनुसार पतन्जलीको कारोबार घट्नुको प्रमुख कारण जिएसटी अनुसार कारोबारको ढाँच बदल्न नसक्नु हो । कम्पनीको पूर्वाधार तथा आपूर्ति व्यवस्थापन मिलाउनको असफल भएको छ । यसबाहेक कम्पनीको बिक्रीमा लाग्ने लागत र अन्य खर्च बढ्दा नाफामा गिरावट आयो ।


क्लिकमान्डु