यो वर्ष क-कसले लिँदैछन् ५० करोड रुपैयाँभन्दा बढी ऋण (सूचिसहित)



काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको ऋण लिने कम्पनी तथा फर्मले क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था अनिवार्य गर्यो ।

सात महिनाको अवधीमा ५० करोडभन्दा माथिको ऋण लिनको लागि ४९ अर्ब २६ अर्ब रुपैयाँ ऋण लिनको लागि कम्पनीहरुले रेटिङ गराएका छन् ।

संचालनमा रहेका दुईवटा रेटिङ ऐजेन्सीका अनुसार २० वटा कम्पनीले सो बराबरको ऋण लिनको लागि रेटिङ गराएका हुन् । जसमा केयर नेपाल रेटिङ ऐजेन्सीमा २७ अर्ब ६९ करोड रुपैयाँको रेटिङ भएको छ भने इक्रा नेपालमा २१ अर्ब ५६ करोड रुपैयाँको ऋण लिने कम्पनीको रेटिङ भएको छ ।

ऋण लिनको लागि रेटिङ गराएका कम्पनीमा सबैभन्दा बढी ऋण लिने सम्राट सिमेन्टले ९ अर्ब ६७ करोड रुपैयाँको रेटिङ गराएके छ । सम्राटले केयर नेपाल मार्फत रेटिङ गराएको हो ।

रेटिङ भएका कम्पनी मध्ये दोस्रो ठूलोमा ऋण लिन खोजेको कम्पनी भने अग्नि इन्कर्पोरेट रहेको छ । अग्नीले ८ अर्ब २४ करोड रुपैयाँको ऋण लिनको लागि रेटिङ गराएको छ ।

तेस्रोमा भने मैनावत्ति स्टिल रहेको छ । मैनावत्तिले ४ अर्ब करोड रुपैयाँ ऋण लिनको लागि रेटिङ गराएको छ । चौथोमा माउन्टेन्ट हाइड्रो रहेको छ । माउन्टेन्ट हाइड्रोले ३ अर्ब १२ करोडको ऋण लिनको लागि रेटिङ गराएको छ ।

५० करोडभन्दा बढीको ऋण लिन खोजेका कम्पनीमा ५ वटा कम्पनी अटोमोबाइल्ससँग सम्बन्धित कम्पनी छन् । अर्थात गाडी बिक्रेता कम्पनी चारवटा जलविद्युत् कम्पनी छन् ।

रेटिङ भएको ऋणले भने बैंक तथा वित्तीय संस्थालाई अझै ऋणको चाप पर्ने देखाएको छ । रेटिङ गरेपछि मात्र ऋणको प्रक्रिया अगाडि बढ्ने गर्छ । जसले बैंक तथा वित्तीय संस्थामा ऋणको माग अत्याधिक बढी भएको देखाएको छ ।


पुष्प दुलाल