काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ४२ लाख ३९ हजार नाफा आर्जन गरको छ । वित्तीय संस्थाको नाफामा गत आवको सोहि अवधिको तुलनामा चालु आवको सोहि अवधिमा ९५.५३ प्रतिशतले बृद्धि भएको छ ।
गत आवको दोस्रो त्रैमासमा संस्थाले १ करोड २३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो आवको दोस्रो त्रैमासमा नाफा बढनमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले निकै सहयोग गरेका छन् । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार आएको छ ।
गत आवको दोस्रो त्रैमासमा ४ करोड ६६ लाख ७ हजार नाफा आर्जन गरेको संस्थाको चालु आवको सोहि अवधिमा ५१.५१ प्रतिशतले बढेर ७ करोड ६१ लाख ६ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सञ्चालन मुनाफा पनि १३८.५४ प्रतिशतले बढेर ३ करोड २३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा १ करोड ३५ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
१९ करोड ४८ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाले ४ करोड ७३ लाख ६१ हजार रुपैयाँ जगेडा कोषमा राखेको छ ।
४२ करोड ३३ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले २ अर्ब २ करोड ५० लाख ७२ हजार रुपैयाँ ऋण लगानी गरेको रिपोर्टमा उल्लेख छ ।
प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८९ पैसा रहेको संस्थाको १२४ रुपैयाँ ३१ पैसा प्रतिसेयर नेटवर्थ रहेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ ।
यो अवधिमा संस्थाले ३३ करोड ३२ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरको छ । गत आवको दोस्रो त्रैमासमा संस्थाले २६ करोड ९४ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो आवको दोस्रो त्रैमासमा नाफा बढन खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले निकै सहयोग गरेका छन् । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार आएको छ ।
गत आवको दोस्रो त्रैमासमा ६१ करोड ८४ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको संस्थाको चालु आवको सोहि अवधिमा … प्रतिशतले बढेर ७६ करोड ९२ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
१ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी भएको निर्धनको जगेडा कोषमा १ अर्ब १४ करोड ९२ लाख २६ हजार रुपैयाँ जगेडा कोषमा राखेको छ ।
यसले जगेडा निकै मजबुद रहेको देखिएको छ । ९ अर्ब ६८ करोड ७४ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १७ अर्ब ९ करोड १७ लाख ६९ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ५४ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७७ पैसा रहेको छ ।
प्रतिक्रिया