अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन एकैदिन ४ करोड उठ्यो, कसले कति दिए ?
काठमााडौ । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै ४ करोड रुपैयाँ संकलन भइसकेको छ । यो नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।
उक्त घोषण कार्यक्रममा एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने घोषणा गरेको छ । त्यसैगरी, अल्का अस्पतालले २५ लाख, चितवन उद्योग वाणिज्य संघले ५१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आर एम ग्रुपले ५ लाख , मुक्तिनाथ विकास बैंकले ५ लाख, बद्री पंगेनीले १ लाख, मह सञ्चार र भद्रगोल टिमले एक/एक लाख सहयोग गर्ने भएका छन ।
अन्य संघसंस्था र व्यक्तिले समेत लाखौं रकमको सहयोगको प्रतिवद्धता गरेका छन्। । यस सँगै देश विदेशबाट सहयोग रकम जुटने क्रम जारी रहेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता गर्ने कार्यक्रममा उक्त रकम जुटेको हो । कार्यक्रममा विभिन्न पार्टीक शिर्ष नेता, कलाकार लगायत धेरै जनाको सहभागिता रहेको थियो ।
फाउन्डेसनले रंगशालाको लागत खर्च ३ अर्ब हुने अनुमान गरेको छ ।