ग्रामिण पर्यटनले यसरी उकास्छ नेपालीको जीवनस्तरः हुमराज भुसालको विश्लेषण
पर्यटन शब्दको उत्पती फेन्च शब्दबाट भएको मानिन्छ । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरु राखी देशको भौगोलिक सीमानाभित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ । र, ती व्यक्तिहरुका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रायोजनले स्थापित व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ ।
नेपालका प्राय प्रत्यक गा्रमिण वस्तीहरु कला, भाषा, संस्कृति, भेष भूषमा अनेकता भएको कारणले गर्दा यहाँको गा्रमिण क्षेत्र पर्यटन उद्योगको विकासका माध्यबाट आर्थिक क्रान्ति गर्नेमा कुनै शंका छैन ।
पर्यटन प्राचीनकालदेखि नै मानवको लोकप्रिय विषयको रुपमा रहेको छ । मानिस सभ्यताको सुरुवातदेखि नै टाढाटाढा सम्म यात्रा गर्दै आईरहेको छ । प्राचिनकालमा सबैभन्दा पहिले भ्रमणको लागि निक्लने यात्रीहरुमा फेनोसियनहरुको नाम लिन सकिन्छ ।
नेपाल आफै ग्रामिण बस्ती मिलेर बनेको मुलुक भएकाले यहाँको आर्थिक विकासको शसत्त माध्य भनेको नै ग्रामिण पर्यटन हो भन्नेमा दुईमत छैन ।
विश्व पर्यटनको इतिहासमा यिनीहरुलाई नै आधुनिक पर्यटका रुपमा परिभाषित गरिएको पाईन्छ । विश्व पर्यटनका क्षेत्रमा अठारौँ शताब्दीलाई पर्यटनको सुनौलो युग मानिन्छ । विशेषगरी सन् १९४३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ ।
नेपालमा पर्यटन प्राचिनकालमा व्यापारीक उद्देश्यले हुने कुरालाई कौटिल्य अर्थशास्त्रमा समेत उल्लेख गरिएको छ । चिनियाँ नागरिकहरुले भारतमा आफ्ना उत्पादनहरु बिक्री गर्न नेपालको बाटो भएर भारत जाने कुरा गरेका छन जसले नेपालको पर्यटन क्षेत्र तत्कालिन समयदेखि चलेको भए पनि प्रयाप्त विकास नभएको र त्यसमा पनि ग्रामिण पर्यटनले त कुनै पनि नीतिगत तथा कार्यगत प्रक्रियामा प्राथमिकता नपाएको महशुस गराउँछ ।
तर आज समय फेरिएको छ जसले गर्दा ग्रामिण पर्यटनले प्राथमिकता पाउँदै गएको छ । त्यसैले देशका थुप्रै ठाउँमा नमुना ग्रामिण बस्तीँ निर्माण तथा सञ्चालन भएका छन्, जुन सकारात्मक कार्य हो ।
नेपालको ग्रामिण गरिबी निवारणका लागी र देशको अर्थतन्त्रका लागि जतिबेला नेपाली अर्थतन्त्रमा ग्रामिण पर्यटनलाई बढवा दिने योजना बनाईएको थियो बिडम्वना तत्कालिन समयमा नै देशमा राजनैतिक अस्थिरता उत्पन्न भयो जसले गर्दा यसमा सोचे अनुसारको उपलब्धी नभएको पक्कै पनि हो ।
नेपाल आफै ग्रामिण बस्ती मिलेर बनेको मुलुक भएकाले यहाँको आर्थिक विकासको शसत्त माध्य भनेको नै ग्रामिण पर्यटन हो भन्नेमा दुईमत छैन् । नेपालमा गगनचुम्बी चुचुराहरु, साँस्कृतिक र धार्मिक संयोजनको कारण विश्वका विभिन्न मुलुकहरुबाट बढ्दो मात्रामा पर्यटकहरु आर्कषित तवरले आउने गर्दछन् ।
नेपालको ग्रामिण क्षेत्रमा नै विश्वको सर्वाेच्च शिखर सगरमाथा देखी सन् २०१६ का लागि उत्कृष्ट प्रमुख गन्तव्य पनि ग्रामिण क्षेत्रमै पर्दछ ।
नेपालमा आउने पर्यटकहरु विशेषत हिमशिखरको आरोहण गर्न, मानसिक शान्ति प्राप्त गर्न, विश्व शान्तिका अग्रदूत गौतम् बुद्वको जन्म्स्थल अवलोकन गर्न, एक सिङ्गे गैडाको बारेमा अध्ययन गर्न तथा यहाका विभिन्न कला संस्कृती, धार्मिक सास्कृतिक स्थलका बारेमा बुझ्न, जैविक विविभताको बारेमा अध्ययन गर्न, जातजातिका बारेमा अध्ययन अनुसन्धानका लागी मुख्य रुपमा आउने गर्दछन् ।
ग्रामिण पर्यटन, जसमा अन्तर्राष्ट्रिय पर्यटक या आन्तरिक पर्यटक पर्दछन् । तर यिनले त्यहाँ कम्तीमा एक रात बिताएकै हुनुपर्दछ । ग्रामिण समुदायको रहनसहन एवं त्यहाँको भौगोलिक वातावरणको परिचय दिनेखालका बनाएर यसतर्फ पर्यटकहरुलाई आकृष्ट गर्न सकिन्छ । सबै गाउँ क्षेत्रले सबै आक्रषण दिन नसके पनि विविध ग्रामिण वातावरणले विविध कार्यक्रम दिई पर्यटकको गन्तव्य स्थल बन्न सक्छ ।
नेपालमा पर्यटन उद्योगको विकासका लागि ठूलो सम्भावना छ । नेपालमा आफ्नै किसिमको एक अनौठो र विलक्षण भौगोलिक विशेषता पाईन्छ । यस देशमा प्राचिन सँस्कृती, कला र कौशलका अनुपम नमुनाहरु यत्रतत्र देख्न पाईन्छन ।
नेपालका ग्रामिण क्षेत्रले तिनको भौगोलिक अवस्थिति एवं ऐतिहासिक पृष्ठभुमि अनुसारका सांस्कृतिक र प्राकृतिक दुवैखाले पर्यटक आकर्षण दिन सक्छन् । त्यहाँ पर्यटकहरुले पिकनिक, क्याम्पि∙, माछा पार्ने, पौडी खेल्ने, चराहरु हेर्ने प्याराग्लाडिड्ढ, छोटाछोटा दूरीका पदयात्रा प्राकृतिक दृश्यावलोकन, ऐतिहासिक स्थलको भ्रमण, चाडवर्पहरु र मेलापर्व आदि जस्ताँ विभिन्न क्रियाकलापहरुमा आफुलाई सहभागी गराउन पाउँछन् ।
वास्तवमा ग्रामिण क्षेत्रमा हुने पर्यटन लामो समयको लागी हुदैँन तर छोटै अवधिको भए पनि यसले ग्रामिण अर्थतन्त्रमा टेवाचाहिँ नपुर्याउने होईन । ढुवानीको समस्याले अलपत्र परी अनावश्यक रुपमा खपत हुने खाद्यान्न, साग सब्जी, फलफुल वा दुग्ध पदार्थको खपतमा वृद्दि हुन गर्इृ ग्रामिण समुदायले आफुले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्ने यो एक सरल उपाय हुन्छ । यसका अतिरिक्त अल्प रोजगारी भएको ग्रामिण क्षेत्रमा नयाँ अवसर पनि खुल्छ ।
ग्रामिण क्षेत्रका जनसंख्याको मुख्य रोजगारी कृषिलाई पनि प्रवद्र्दृन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहायता पुर्याउछ र पर्यटन र यससँग सम्बन्धीत क्रियाकलापको विकास गर्न विस्तार गरिने सडकले ग्रामिण अर्थतन्त्रको विकासका लागि आवश्यक पर्ने अन्य पूर्वाधार विकास गर्न ढोका खोल्नेमा दुईमत छैन् ।
ग्रामिण पर्यटनतर्फ साच्चैँ भन्ने हो भने योजनाकारहरुले, ग्रामिण विकासका लागि योजनाहरु शहरका पाचतारे होटलमा बसेर बनाउने भएकाले मात्रै यसको विकास नहुने कुरालाई विकासवादी अर्थशास्त्रिले सन् १९९० देखि नै बताउँदै आएका छन् ।
यसैबीच नेपालको ग्रामिण पर्यटन क्षेत्र यससँग सरोकार राख्ने सम्पूण पूर्वाधारको विकास गर्नका पर्यटन मन्त्रालयबाट कदमहरु चालिएको भएता पनि त्यो प्रयाप्त नभएको कुरा सामाजिक अगुवा बाटनै बताउँदै आइएको छ ।
नेपालले आर्थिक अवस्थामा सुधार ल्याउनको लागी कम लगानी र सुनिश्ति तवरले उपलब्धीलाई संस्थागत गर्न सक्ने क्षेत्र भनेको नै ग्रामिण पर्यटन नै हो किनकी यसको सहज र चौतर्फी विकास गर्न आवश्यक पर्ने जनशक्ति नेपाल आफैले पूर्ति गर्न सक्दछ ।
ग्रामिण विकासको अर्थ कुनै पनि ग्रमिण क्षेत्रमा आर्थिक, सामाजिक बनावट मान्यताहरु अन्तर सम्बन्ध र प्रक्रियाहरुको दूरगामी परिवर्तन हो । ग्रामिण जनताको जीवन आपनलाई सरल सहज बनाउनको लागी पर्यटन क्षेत्रको विकास गरिन्छ भने त्यसलाई नै ग्रामिण पर्यटनको विकासको प्रयास भनिन्छ जसको प्रभाव उल्लेखित पक्षमा पर्ने गर्दछ ।
क. ग्रामिण रोजगारीका अवसरमा वृद्धि
ख. स्थानिय कला संस्कृतीको संरक्षण, सम्वद्र्धन हुने
ग. सामाजिक आर्थिक पूर्वाधारको विकास र विस्तार
घ. बैदेशिक मुद्राको आर्जन हुने
ङ. नयाँ नयाँ प्रविधिको आदान प्रदान हुने
च. मानिसहरुमा बढ्दै गएको व्यक्तिगत स्वार्थीपनामा कमी आउने
छ. बढ्दो प्रतिभा पलायन तथा पुँजी पलायन केही हद सम्म रोकिने इत्यादी ।
प्राकृतिक सौन्द्रर्य, अनुपम सँस्कृति, अतुलनिय साँस्कृतिक सम्पदा र अनगिन्ती विशिष्टतायुक्त पर्यटकीय स्थलहरुका कारणले नेपाल पर्यटनका लागी प्रमुख गन्तव्य रुपमा विश्वभर परिचित छ ।
नेपालको ग्रामिण क्षेत्रको पर्यटनमा प्रशस्त सम्भावनाहरु रहेका छन जसलाई पहिचान गरी समयमै उचित तथा दीर्घकालीन योजनाहरु बनाई सफलता पूर्वक कायान्वयन गराउनबाट नेपाल सरकार तथा मातहतका कार्यालयहरु नचुकेको खण्डमा नेपाली ग्रामिण पर्यटनले नेपालीहरुको जीवनस्तरमा उल्लेख्य मात्रामा सकारात्मक परिवर्तन ल्याउने कुरालाई विकासवादी अर्थशास्त्रीहरुले प्रष्ट पारेका छन तर विडम्वना नेपाली राजनैतिक दलका नेताहरुले स्वदेशको विकास भन्दा विदेशी दाता मुलुकको हितलाई केन्द्रमा राखेर नेपाली युवापुस्तालाई वैदेशिक रोजगारीमा पठाई रहेका छन् ।
नेपाली ग्रामिण इलाकाहरुलाई हरेक किसिमका पूर्वाधारबाट विकसित र सुविधा सम्पन्न राख्न सकेको अवस्थामा यस क्षेत्रले देशको अर्थतन्त्रमा सकारात्मक तथा दीर्घकालिन प्रभाव पार्न सक्दछ जसको प्रत्यक्ष फाईदा स्थानीयस्तरका बासिन्दालाई पर्दछ भने यसले स्थानीयस्तरको कला सँस्कृती, भेषभूषा संरक्षणमा सचेतना प्रदान गर्दछ । जसबाट महिला तथा पिछडिएका वर्गले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
नेपालमा पर्यटन उद्योगको विकासका लागि ठूलो सम्भावना छ । नेपालमा आफ्नै किसिमको एक अनौठो र विलक्षण भौगोलिक विशेषता पाईन्छ । यस देशमा प्राचिन सँस्कृती, कला र कौशलका अनुपम नमुनाहरु यत्रतत्र देख्न पाईन्छन ।
नेपाल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । विश्वका अन्य पर्यटकीय शहर र क्षेत्रका तुलनामा नेपालको पर्यटकीय क्षेत्रहरु प्राकृतिक रुपमै सुन्दर छन तर तिनको उचित प्रचार प्रसार नहुदा राज्यलाई वर्षेनी करोडौं रुपियाँको राजस्व घाटा भईराखेको छ भने बैदेशिक ऋणको भार थपिदै गएको छ । सन् १७३७ को वर्ष नेपालमा युरोपियनहरु भ्रमणमा आएको ईतिहास हामी सामु रहेको छ ।
तत्कालिन समयमा उनिहरुले नेपालको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्नका लागि नेपालको भ्रमण गरेको पाइन्छ । नेपाली पर्यटन क्षेत्रको विकासमा १०४ वर्ष जहानिया शासन व्यवस्था सञ्चालन गरेका राणाहरुबाट कुनै कदम अगाडी नबढाइएको कुरालाई ईतिहासले नै प्रमाणित गरिदिएको छ भने देशमा चलेको सशस्त्र द्वन्द्वले पर्यटन क्षेत्रलाई नराम्रो सँग प्रभावित परेकै हो ।
तथापी पर्यटन क्षेत्र त्यसमा पनि ग्रामिण पर्यटनको विकास भएमा त्यँहा जाने मुख्य पर्यटकहरु सहरी क्षेत्रका हुन्छन्, तिनले केही नयाँ कुरा थाहा पाउँछन् । र, ग्रामिण समुदायलाई केही मद्दत गरेर फर्कन्छन्, तुलनात्मक रुपमा शहरी क्षेत्र भन्नाले प्रतिव्यक्ति आय बढि नै हुने समुदाय बसोबास गर्ने भएबाट शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा मानिसहरुको बहाव हुनाले आय वितरणमा पनि केही हदमा सुधार आउने कुरामा दुईमत हुन सक्दैन ।
नेपालका थुप्रै ग्रामिण बस्तीहरु ग्रामिण पर्यटक विकासको लागि उपयुक्त भएता पनि त्यहा सस्म पुग्ने सहज पहुँचको अभावले गर्दा पछाडि परेका छन् ।
त्यसैले ग्रामिण क्षेत्रले केही नयाँ या कुनै अनौठो कुरा प्रस्तुत गर्ने प्रयास गरेर पर्यटकहरुलाई उत्प्रेरित गराउन सक्ने वातावरण सिर्जना भएमा क्रमिक रुपमा ग्रामिण विकास हुदै जान्छ र सुरुमा सहायक गन्तव्य स्थल भएपनि पछि गएर प्राथमिक गन्तव्यस्थलको रुपमै पनि विकसित हुन सक्छ ।
वास्तवमा ग्रामिण पर्यटनलाई उकास्न त्यति सजिलो छैन् त्यहाँ व्याप्त अभाव वा असुविधालाई सम्झेर नै मानिसहरु जाने मन गर्दैनन् यसको लागि यातायात, आवास र खानेकुरा त मुलभुत रुपमै नभै नहुने कुरा भए ।
सुविधायुक्त आवास स्वादिष्ट खाना योजनालाई केही समयको लागि थाती राखेर भए पनि यातायातको विकास नभैसकेको क्षेत्रमा छरिएर रहेका ग्रामिण क्षेत्रमा पदयात्राको रुपमा पर्यटकहरुलाई आकृष्ट गर्न सकिन्छ भन्ने कुराको कुनै निश्चितता छैन, तापनि त्यहाँको आर्कषणहरुको व्यापक प्रचारप्रसार क्रमिकरुपमा पर्यटक बढाउने प्रयास हुनुपर्दछ ।
नेपालमा पर्यटन क्षेत्रमबाट आज करिब १ लाख मानिसहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् यस क्षेत्रबाट नेपाली अर्थतन्त्रले थुप्रै रुपियाँ पैसा तथा ज्ञान, प्रविधि आर्जन गर्न सफल भएकाले यसको विकासका लागी उचित तवरले योजना बनाई कार्यान्वयन गराउनु आजको नेपाली ग्रामिण पर्यटन क्षेत्रको माग हो ।
ग्रामिण पर्यटकको विकासबाट देशमा विभिन्न प्रकारका घरेलु तथा साना उधोगको विकासमा टेवा पुग्दछ र त्यस्ता उधोगबाट उत्पादित हस्तकलाका सामाग्रीहरु आन्तरिक तथा बाह्य पर्यटकहरु ले खरिद गर्दछन ।ग्रामिण गरिबि, असमानता, बेरोजगारी जस्ता समस्या समाधान गर्नमा सहयोेग प्राप्त हुने गर्दछ ।
नेपालका थुप्रै ग्रामिण बस्तीहरु ग्रामिण पर्यटक विकासको लागि उपयुक्त भएता पनि त्यहा सस्म पुग्ने सहज पहुँचको अभावले गर्दा पछाडि परेका छन् । जसको प्रत्यक्ष घाटा देशको अर्थतन्त्रमा परेको छ जसलाई समयमै देशका नीतिनिर्माता, योजनाकार, पर्यटक व्यवसायी तथा सचेत नागरिकले मध्यनजर गरि देशको आर्थिक क्रान्तिको शसक्त र प्रभावकारी स्रोतका रुपमा ग्रामिण पर्यटकलाई नै छनोट गर्न चुक्नुहुन्न ।