तामाकोशीको सेयर बेच्नेले प्रतिकित्ता ११० रुपैयाँ फाइदा गरे



काठमाडौं । सेयर बजारमा निकै नै प्रतिक्षारत तरिकाले हेरिएको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर बेच्दा लगानीकर्ताले आइतबार ११० रुपैयाँ कर र कमिसन कटाएर फाइदा गरेका छन् ।

तामाकोशी कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर दोस्र्रो बजारमा सेयर कारोबारको लागि आइतबारदेखि खुल्ला भएको हो ।

तामाकोशी जलविद्युत् कम्पनीको ५१ हजार ८७५ कित्ता सेयर कारोबार भएको छ । १ करोड १६ लाख २० हजार रुपैयाँको कारोबार भएको छ । आइतबार सेयर बेच्ने अधिकाशं लगानीकर्ताले आफुले पाएको सेयर अधिकाशं नै बेचेको देखिन्छ ।

केहीले भने १० कित्ता देखि २० कित्ता आफुसँग राखेर बिक्री गरेको देखिन्छ ।
३ लाखभन्दा बढी सेयरको अर्डर रहेको तामाकोशीको सेयर मूल्य कसरी जान्छ त्यसको निर्धारण भने भोलिदेखि हुन्छ । तर,आज सेयर बेच्नेले भने कर र कमिसन कटाउदा ११० रुपैयाँ फाइदा गरेका छन् ।


क्लिकमान्डु