बैद्य माओवादीका कार्यकर्ताले वायुसेवा निगमका महाप्रवन्धक कंशाकारलाई कालोमोसो दले
काठमाडौं । मोहन बैद्य अध्यक्ष रहेको क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई कालोमोसो दलेका छन् ।
वाइडबडी खरिदमा भष्ट्रचार गरेर राज्यलाई हानी पुर्याएको भन्दै कालोमोसो दलिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।
क्रान्तिकारीका कार्यकर्ताले कंशाकारको कार्यकक्षमा गएर कालोमोसो दलेका हुन् ।