यी ५ अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पताल बनाउन सरकारको सहमति



काठमाडौं । सरकारले देशभर सञ्चालनमा रहेका ५ अस्पतालहरुलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा स्तरोन्नति गर्न सैद्धान्तिक सहमति दिएको छ । पछिल्लो मन्त्री परिषदको निर्णय जानकारी गराउँदै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार यस्तो जानकारी दिए ।

मोरङको बिराटनगरस्थित कोशी अञ्चल अस्पताल, पर्साको बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, नेपालगञ्जको भेरी अञ्चल अस्पताल र डडेलधुराको डडेलधुरा उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।


पुष्प दुलाल