सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” तेस्रो महिनाको विजेता घोषित



काठमाडौ । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत तेस्रो महिनाको विजेता मोरुङकी रुना धिमाल बनेकी छन ।

साउदी अरबको अरब नेशनल बैंक, टेलिमनि बाट पैसा पठाई तेस्रो महिनाको एक लाख रुपैयाँको मासिक लक्कीड्र«मा मोरङ्गकी रुना धिमाल परेकी हुन ।। यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १०८० जनाले २०० रुपैया को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १०,००० रुपैयाँ र २ जनाले १००,००० रुपैँया जितिसकेका छन् ।

ती सबै उपहारहरुका लागि विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बिच उक्त नगद पुरस्कार हस्तान्तरण गरिएको छ । ।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० रुपैयाँ को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले १०,००० रुपैयाँ र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले १००,००० रुपैयाँ जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर . १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२,००,००० रुपैयाँ सम्म जित्न सक्ने छन् । यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।


पुष्प दुलाल