मिस वर्ल्डको टप १२ मा पुगेकी श्रृङ्खला वाणिज्य बैंकको ब्राण्ड एम्बेस्डर
काठमाडौ । मिस वर्ल्डको टप १२ मा पुग्न सफल बनेकी मिस नेपाल श्रृङखला खतिवडा राष्ट्रिय वाण्ज्यि बैंकको ब्राण्ड एम्बास्डर बन्ने भएकी छन् ।
मिस वर्ल्ड प्रतियोगितामार्फत् नेपालको नाम विश्वभर चिनाएकी खतिवडालाई वाणिज्य बैंकले व्राण्ड एम्बास्डर बनाउने निर्णय गरेको हो ।
नेपाललाई विश्वभर चिनाउन महत्वपुर्ण भूमिका खेलेकी खतिवडालाई वाणिज्य बैंकले आज एम्बास्डर बनाउँदै छ । राष्ट्रि वाणिज्य बैंक र श्रृङखलाबीच बुधबार सम्झौता हुने बैंकले जनाएको छ ।
ब्राण्ड एम्बास्डर बनेसँगै श्रृङखला र बैंक दुवैलाई फाइदा हुने विश्वास बैंकले लिएको छ । वाणिज्य बैंकले आफुलाई ब्राण्ड एम्बास्डर रोजेकोमा खतिवडा पनि निकै उत्साहित बनेकी छन् ।
मिस नेपाल २०१८ बनेकी खतिवडा मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै मिस वल्र्डको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी थिइन् ।