सिटिजन्स बैंकले बीरगंजमा खोल्यो प्रदेश २ को प्रादेशिक कार्यालय




काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनले प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा स्थापना गरेको छ ।

जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थितिका विच उक्त कार्यालयको आरम्भ गरिएको छ । प्रदेश नं २ अन्तर्गत बैंकका ८ वटा शाखाहरु बाट व्यापार बिस्तारका साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसात गरेको सिटिजन्स बैंक इन्टरनेसनले ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट देशभर बैकिङ सुविधा दिदैँ आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


पुष्प दुलाल